१९ फाल्गुन २०८२, मंगलवार | Tue Mar 3 2026

पुल्चोकको दाउरा थकालीमा आगलागी

१९ फागुन, काठमाडौं । पुल्चोककाे दाउरा थकालीमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार मंगलबार दिउँसो पौने ४ बजेतिरदेखि आगलागी सुरु भएको हो।

आगो नियन्त्रणमा लागि टोली परिचालन भइसकेको उहाँले बताउनुभयाे । आगलागी कसरी भयो भन्नेबारे खुलिसकेको छैन। थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८२, मंगलवार १५:५२