२९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026

सेनाले भन्योः विगतजस्तै सेनाले मतपेटिका गणनास्थलसम्म पुर्याउँछौं

१७ फागुन, काठमाडौं। नेपाली सेनाले विगतका अभ्यास जस्तै यस पटक पनि सुरक्षा प्रोटोकल अनुसार सेनाको सहभागीतामा मतपेटिका गणनास्थलसम्म  पुर्याउने जनाएकाे छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसारकै प्रोटोकल अनुसार सेनाले मतपेटिका ढुवानी गर्ने जनाएकाे छ ।

विगतका निर्वाचनहरूझैँ यसपटक पनि मतदान सम्पन्न भएपछि स्थापित प्रोटोकलअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, निर्वाचन अधिकृत, दलका तोकिएका प्रतिनिधि तथा नेपाली सेनासहितको संयुक्त टोलीले मतपेटिका ढुवानी गर्ने कार्य हुने जनाइएको छ।

प्रकाशित मिति : 16:41