१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

काठमाडौं र भक्तपुरमा दुई जना मृत फेला

१० फागुन, काठमाडौं । काठमाडौं र भक्तपुरमा दुई जना मृत फेला पर्नुभएकाे छ । प्रहरीका अनुसार उहाँहरू आइतबार मृत फेला पर्नुभएकाे हाे । काठमाडौं महानगरपालिका–११, भोटेबहालस्थित अरनिको स्कुलनजिक सडकमा काभ्रे घर भएका ३७ वर्षीय रोहित सार्की आइतबार मृत अवस्थामा फेला पर्नुभएकाे प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, भक्तपुरको भक्तपुर नगरपालिका–६, डेकोचा बस्ने ४२ वर्षीय प्रकाश नेपाली आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला पर्नुभएकाे छ ।  यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १७:५५