६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

सुर्खेत जिल्ला प्रहरी कार्यालयले उठायाे ९ लाख ३९ हजार राजस्व

६ फागुन, कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट रु नौ लाख ३९ हजार राजस्व सङ्कलन गरेको छ । उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए ।

यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उहाँले दिनुभयो । दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार ११:३४