४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

तुम्लिङटार विमास्थल १० दिनपछि खुल्यो

४ फागुन, सङ्खुवासभा । प्रतिकूल मौसमका कारण १० दिनदेखि बन्द रहेको तुम्लिङटार विमानस्थल आजदेखि खुलेको छ । मौसम अनुकूल भएपछि काठमाडौँ उडान भएको छ ।

आजदेखि काठमाडौँ–तुम्लिङटार उडान पुनः सञ्चालन भएको नागरिक उड्ययन कार्यालयका प्रमुख नवराज दाहालले बताउनुभयो । तुवाँलोका कारण ‘भिजिबिलिटी’ नहुँदा हवाई सेवा अवरुद्ध भएको हो । यो विमानस्थलमा निजी क्षेत्रका विमान कम्पनीले सेवा सञ्चालन गर्र्दै आएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १६:२७