२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

देउखुरीमा अटोरिक्सा र टिपर ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

२९ माघ, दाङ । देउखुरीको कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

गढवास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुनको मृत्यु भएको हो ।

भालुवाङबाट कालाकाटेतर्फ गइरहेको टिपरले विपरीत दिशाबाट आइरहेको अटोरिक्सालाई ठक्कर दिएको हो । दुर्घटनामा संलग्न टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहीबार १०:५२