प्रमुख प्रशासकीय अधिकृत सहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
१४ माघ, काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
बझाङ बित्थडचिर गाउँपालिकाको तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर विष्टसहित ५ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
सोही पालिकाभित्र रहेको सुनकुडा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षसहितले विभिन्न शीर्षकमा सरकारी रकम हिनामिना गरेको आरोपमा मुद्दा दर्ता गरिएको जनाइएकाे छ ।
प्रमुख प्रशासकीय अधिकृत रमेश बहादुरसहित सुनकुडा माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट, लेखापाल हर्कबहादुर विष्ट, गाउँपालिकाको सव इन्जिनियर किरण भण्डारीविरूद्ध मुद्दा दर्ता भएकाे हो।
प्रकाशित मिति : १४ माघ २०८२, बुधबार १७:२१







