११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

मेन्छियाम हाईड्रोपावरकी सञ्चालक विनिता थापाको राजीनामा स्वीकृत

११ माघ, काठमाडौं । मेन्छियाम हाईड्रोपावर लिमिटेडको सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्दै आउनुभएकी सञ्चालक विनिता थापाको राजीनामा स्वीकृत भएको छ ।

कम्पनीको माघ ८ गते बसेको सञ्चालक समितिको बैठकले  उहाँको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो । थापाले गत माघ २ गते   पदबाट राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १३:२६