२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

उत्कृष्ट मिडिया समन्वय पुरस्कार सहप्रवक्ता थापालाई

९ माघ, काठमाडौं । २५ औं सशस्त्र प्रहरी दिवस २०८२ (रजत महोत्सव) को अवसरमा उत्कृष्ट मिडिया समन्वय पुरस्कार सह प्रबक्ता तथा डीएसपी शैलेन्द्र थापालाई प्रदान गरिएको छ ।

९ माघमा सशस्त्र प्रहरीको मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले थापालाई नगदसहित प्रशंसापत्र प्रदान गर्नुभएकाे हाे ।

संगठनको गतिविधि छिटो छरितो र सहज ढंगले सम्प्रेषण गर्न संचारमाध्यमसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन भूमिका खेलेको भन्दै थापालाई पुरस्कार दिइएको हो । हाल उहाँ सशस्त्र प्रहरी बल नेपालको सूचना शाखामा सह–प्रवक्तको जिम्मेवारीमा रहनुभएकाे छ ।

यसअघि उहाँलाई २०७७ सालमा २०औं सशस्त्र प्रहरी दिवसको अवसरमा संगठनसँग सम्बन्धीत उजुरी तथा गुनासोहरुको समाधान तथा व्यवस्थापनमा प्रभावकारी कार्य गरेबापत पुरस्कृत गरिएको थियो । २१औ सशस्त्र प्रहरी दिवसमा स्टाफ ड्यूटीमा उत्कृष्ट कार्य गरे बापत र २४औं सशस्त्र प्रहरी दिवस एपीएफ आईजीपी कमेन्डेशन प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १४:३२