बाँकेमा उम्मेदवारविरुद्ध उजुरी परेन
८ माघ, नेपालगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने विरुद्ध कुनै पनि उजुरी नपरेपछि बाँके जिल्लामा सबैको उम्मेदवारी कायम भएको छ ।
तीन वटा निर्वाचन क्षेत्र रहेको बाँकेमा आसन्न निर्वाचनका क्रममा विभिन्न राजनीतिक पार्टी र स्वतन्त्रसमेत गरी जम्मा ६१ जनाले उम्मेदवारी दिएका थिए । मुख्य निर्वाचन अधिकृत कार्यालय, नेपालगञ्जका सहायक निर्वाचन अधिकृत लालबहादुर कार्कीका अनुसार तोकिएको समय सीमाभित्र कुनै पनि उम्मेदवार विरुद्ध उजुरी नपरेपछि सबैको उम्मेदवारी कायम भएको छ ।
जिल्लाको तीन निर्वाचन क्षेत्रमा कूल तीन लाख ५० हजार ३७१ मतदाता रहेका छन् । यसमध्ये १ नं. निर्वाचन क्षेत्रमा एक लाख २४ हजार ७२७, निर्वाचन क्षेत्र नं २ मा एक लाख आठ हजार २९० र निर्वाचन क्षेत्र नं ३ मा एक लाख १७ हजार ३५४ मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार १७:४५






