४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

नेकपाबाट टिकट नपाएपछि पूर्वमन्त्री रामेश्वर राय जसपा प्रवेश

४ माघ, काठमाडाैँ । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्वश्रममन्त्री रामेश्वर राय यादवसहित सर्लाहीका दर्जनौँ नेता–कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन्।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आइतबार आयोजित कार्यक्रममा नेकपाका प्रभावशाली नेता यादवसहित दर्जनौँ नेता–कार्यकर्तालाई जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा–मालासहित पार्टी प्रवेश गराउनु भएकाे हाे।

तत्कालीन माओवादीबाट मन्त्री बन्नुभएका रामेश्वरले सर्लाही ३ मा टिकट माग्नुभएकाे थियाे । त्यहाँ पार्टीले नारायणकाजी श्रेष्ठलाई अघि सारेपछि उहाँ असन्तुष्ट बन्नुभएकाे बताइएकाे छ ।

मधेश आन्दोलनबाट उदाएर राष्ट्रिय राजनीतिमा प्रभावशाली छवि बनाउनुभएका यादवसँगै सर्लाही क्षेत्र नं. ३ चक्रघट्टा गाउँपालिकाका पूर्व अध्यक्ष विक्रम यादव र पत्रकार विजय यादव पनि जसपा नेपालमा प्रवेश गर्नुभएकाे छ ।

प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १५:१०