७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नागरिक लगानी कोषद्धारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख सहयोग

२ माघ, काठमाडाैँ । भदाै २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु ५१ लाख सहयोग उपलब्ध गराएको छ ।

उक्त रकम बराबरको चेक नागरिक लगानी कोषका अध्यक्ष तुलसी प्रसाद घिमिरेले आज अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा अर्थ सचिव डा.घनश्याम उपाध्याय, सहसचिव उत्तर कुमार खत्री लगायत नागरिक लगानी कोषका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्की समेतको उपस्थिति रहेको थियो ।

भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा पुर्याएको योगदानका लागि अर्थमन्त्री खनालले नागरिक लगानी कोषलाई धन्यवाद दिनुभयाे ।

उक्त कोषमा हालसम्म १४ करोड ७ लाख जम्मा भएको अर्थ मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : January 16, 2026 at 2:00 pm