३० पुष २०८२, बुधबार | Wed Jan 14 2026

लिङ्गो ठड्याएर देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु

३० पुस, चितवन । देवघाटको बेनीमा बाँसको लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु भएको छ । यो सँगै चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा माघेसङ्क्रान्ति मेला सुरु भएको हो ।

त्यस अवसरमा बेनीको गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरी, देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल, समितिका सदस्यलगायत स्थानीयको बाक्लो उपस्थिति थियो ।

मेलाको सुरक्षाका निम्ति सम्पूर्ण व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले राससलाई जानकारी दिनुभयो । यो वर्ष तीन लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १३:१०