१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

सयपत्री हाईड्रोपावरको कम्पनी सचिवमा भण्डारी नियुक्त

१६ पुस, काठमाडौं । सयपत्री हाईड्रोपावर लिमिटेडको कम्पनी सचिवमा रमेश प्रसाद भण्डारी नियुक्त हुनुभएको छ । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भण्डारीलाई कम्पनी सचिव पदमा नियुक्त गरेको हो ।

यस्तै, उक्त बैठकले यसअघिका कम्पनी सचिव दिपक पाठकको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ । पाठकले आफ्नो व्यक्तिगत कारण देखाउँदै पुस १४ गते राजीनामा दिनुभएको थियो ।

प्रकाशित मिति : १६ पुष २०८२, बुधबार ११:००