८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

राष्ट्रपति पौडेलसँग चीनका राजदूतको बिदाइ भेट

८ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकामा राजदूत छनप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रकाशित मिति : ८ पुष २०८२, मंगलवार १५:४५