मधेशका मुख्यमन्त्री यादवले प्रदेश प्रमुखलाई बुझाए राजीनामा
१७ मंसिर, जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाउनुभएकाे छ । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णसमक्ष उहाँले राजिनामा पत्र बुझाउनुभएकाे हाे ।
‘सम्मानित सर्वोच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राख्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु’ पत्रमा उल्लेख छ ।
प्रकाशित मिति : १७ मंसिर २०८२, बुधबार १६:४६












