२३ भदौ २०८३, मंगलबार | Wed Sep 9 2026

महेश बस्नेत चढेको गाडीमा रातो रङ प्रहार

७ मंसिर, काठमाडाैं । नेकपा (एमाले) का नेता महेश बस्नेत चढेको गाडीमा रातो मसी प्रहार भएको छ। विराटनगर विमानस्थलबाट सुनसुरीतर्फ अघि बढेका बस्नेतलाई एयरपोर्ट मोडमा युवाले बस्नेत चढेको गाडीमा रातो रङ प्रहार गरेका हुन्।

लगत्तै बस्नेत सवार गाडी रोकिएको थियो । प्रहरीले दुई जना  युवकलाई नियन्त्रणमा लिएको छ ।  अहिले बस्नेत इटहरीतर्फ गइसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : November 23, 2025 at 11:45 am