दलहरुको सभा जुलुसहरूमा बालबालिकाको गैरकानुनी प्रयोग भैरहेकोमा कन्सोर्टियमको आपत्ति
४ मंसिर, काठमाडौँ । जेनजी आन्दोलन पछि देशमा देखिएको संकटका बेला महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई नेतृत्वविहिन बनाउनु दुखद रहेको कन्सोर्टियम नेपालले बताएको छ । अन्तराष्ट्रिय बालअधिकार दिवसको सन्दर्भमा विज्ञप्ती निकाल्दै मन्त्रालयलाई नेतृत्वविहिन नबनाउन ध्यानाकर्षण गरेको हो ।
जेनजी आन्दोलनमा पनि बालबालिका सहभागी भएको, विद्यालयहरुमा क्षति भएको, बालबालिका निर्वाधरुपमा विद्यालयजान, शैक्षिक वातावरण सहज बनाउन भूमिका खेल्नु पर्ने मन्त्रालय नेतृत्वविहिन हुनु दुखद रहेको सो संस्थाका अध्यक्ष प्रदिप लामिछानेले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ ।

राजनीतिक दलहरुले गर्ने विभिन्न सभा जुलुसहरूमा बालबालिकाको गैरकानुनी रुपमा प्रयोग भइरहेको छ । यस्तो बेला बालबालिकाको पक्षमा काम गर्ने मन्त्रालयमा नेतृत्व नहुँदा बालअधिकार प्राप्तीमा समस्या उत्पन्न भइरहेको विज्ञप्ती मार्फत संस्थाले उल्लेख गरेको छ ।
‘नेपाल सरकारले कानुन नीतिहरु मार्फत जनाएका प्रतिवद्धताहरु कार्यान्वयनमा समेत पछिल्लो समयमा संकट देखिएको छ ।’ लामिछानेले उल्लेख गर्नभएको छ, ‘बालबालिका प्रति संवेदनशिल हुनु पर्ने बेलामा झन मन्त्रालय नेतृत्व विहिन हुनु दुखद हो, यस्तो बेला कसरी नीति योजना र कार्यक्रमहरु लागू हुन्छन् ।’
बालसहभागितामा कार्यरत संस्थाहरुको साझा समूह कन्सोर्टियम नेपाल देशभर बालसहभागिताका क्षेत्रमा कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहीबार २१:३५












