३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता

२ मंसिर, भक्तपुर । जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पुगेका नेपाली नागरिकता प्राप्त व्यक्तिले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेपछि १८ वर्षदेखि २५ वर्ष उमेर समूहका दैनिक ७०० देखि एक हजार १०० जनासम्मले मतदाता नामावलीमा नाम दर्ता गराइरहेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले जानकारी दिनुभयो ।

उहाँले भक्तपुरमा यस पटक मतदाताको सङ्ख्या दुई लाख नाघेको जानकारी दिनुभयो । मतदाता नामावली सङ्कलन हरेक दिन बिहान ८ बजेदखि सुरु भई साँझ ६ बजेसम्म जारी रहेको र सेवाग्राही बिहान ६ बजेदेखिनै लाइन बस्न आउने गरेको उहाँले बताउनुभयो । आयोगले मतदाता नामावली सङ्कलन यही महिनाको ५ गतेसम्मलाई कायम गरेको छ ।

प्रकाशित मिति : November 18, 2025 at 12:45 pm