२२ कार्तिक २०८२, शनिबार | Sun Nov 9 2025

बयानका लागि रविलाई कारागारबाट सिंहदरबार ल्याइयो

१९ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्बखु कारागारबाट सिंहदरवार ल्याइएको छ । जेनजी आन्दोलनका क्रममा जेलबाट निस्किएको विषयमा जाँचबुझ आयोगसमक्ष बयानका लागि उनलाई सिंहदरवार ल्याइएको हो ।

उच्चस्तरीय जाँचबुझ आयोगले सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर लामिछानेसँग सोधपुछ गर्नेछ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका लामिछाने पुर्पक्षका लागि कारागार रहेका बेला गत २४ भदौमा असुरक्षाको कारण देखाउँदै कारागारबाट बाहिर निस्किएका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार १३:२२