जेनजी आन्दोलनमा फिल्डमा खटिएका प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न हेडक्वार्टरको आदेश
१८ कात्तिक, काठमाडौं । प्रहरी मुख्यालयले भदौ २३ र २४ गते काठमाडौंमा खटिएका प्रहरी इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ ।
जेनजी आन्दोलनमा भएको दमन र त्यसपछिको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगको पत्रका आधारमा प्रहरी मुख्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीलाई पत्र लेखी तत्कालीन इञ्चार्जहरूलाई काठमाडौं उपत्यका नछाड्ने व्यवस्था मिलाउन भनेको हो ।
प्रहरी मुख्यालयले जाँचबुझ आयोगले बयानका लागि बोलाउन सक्ने भन्दै क्षति भएका क्षेत्रमा खटिएका इञ्चार्जहरूलाई कुनै पनि बेला आयोगमा सोधपुलका लागि बोलाउनुपर्ने भएकाले बाहिर नजाने व्यवस्था मिलाउन भनेको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार १४:२४










