२१ मंसिर २०८२, आईतवार | Sun Dec 7 2025

जोमसोम—कागबेनी सडक खुल्यो

१५ कात्तिक, मुस्ताङ ।  निरन्तरको वर्षाले शुक्रबार बिहानदेखि अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालनमा आएको छ । विभिन्न स्थानमा भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको हो ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सडक मर्मत गरेर केहीबेरअघिदेखि उक्त सडकमा सवारीसाधन सञ्चालन भएका छन् । अब जोमसोमबाट कागबेनी र मुक्तिनाथ पुग्न सहज भएको छ ।

स्थानीय प्रशासनले कागबेनी—छुसाङ सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ । पहिरो पन्छाउन आवश्यक उपकरण र जनशक्ति त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार १२:४२