१४ पुष २०८२, सोमबार | Tue Dec 30 2025

मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु

१० कात्तिक, मुस्ताङ । मुस्ताङमा लेक लागेर एक जना तीर्थालुको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर उपमहानगरपालिका–१८ भैँसेपाटीस्थित निर्मल स्कुलका कार्यालय सहयोगी ४५ वर्षीय माधव तिमिल्सिना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए । उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो । लामाको आज मृत्यु भएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १६:३५