७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय

२९ भदौ, काठमाडौं । जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई सरकारले शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णय भएको छ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहणका क्रममा सो निर्णय भएको जानकारी दिइएको हो। साथै, प्रदर्शनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क उपचार गर्ने जनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १२:०३