प्रचण्ड निवास खुमलटारमा आगजनी
२४ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । लगातार ढुंगा प्रहारपछि अहिले प्रचण्डको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
जेनजीहरुले सोमवारदेखि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा सुशासनलगायत माग गर्दै प्रदर्शन जारी राखेका छन् ।
प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:३६








