१३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026

तारकेश्वरको प्रहरी चौकी र वडा कार्यालयमा आगजनी

२४ भदौ, काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा पनि प्रदर्शनकारीले आगजनी गरेका छन् । वडानम्बर ११ को कार्यालय र प्रहरी चौकीमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

जेनजीले सोमबार गरेको प्रदर्दशनमा प्रहरीले दमन गरेपछि आज देशैभर आन्दोलन भइरहेको छ । सोमबारको आन्दोलनमा १९ जनाको मृत्यु भएको छ भने ४०० बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १२:२८