मानव अधिकार आयोगको गाडीमा आन्दोलनकारीले गरे आगजानी
२३ भदौ, काठमाडौँ । जेनजी प्रदर्शनको अनुगमन गर्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोली सवार गाडीमा आगजनी भएको छ । गाडीमा चार जना सवार रहेको र उनीहरू सकुशल रहेको आयोगका प्रवक्ता डा टीकाराम भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ बानेश्वरस्थित ‘जेनजी’ प्रदर्शनका क्रममा भएको झडपका घाइतेको अवस्था बुझ्न त्यसतर्फ जाँदै गर्दा आन्दोलनकारीले आयोगको गाडीमा आगजनी गरेका हुन् ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १६:५२








