जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ८ पुग्यो
२३ भदौ, काठमाडौँ । जेनजीको प्रदर्शनमा घाइते भएकामध्ये मृत्यु हुनेको संख्या ८ पुगेको छ । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ । यस्तै, सिभिल अस्पतालमा २ जना र १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १५:१५










