२७ पुष २०८२, आईतवार | Sun Jan 11 2026

पोखरामा पनि अनिश्चितकालीन कर्फ्यू जारी

२३ भदौ, काठमाडौं । कास्कीमा पनि कर्फ्यू आदेश जारी गरेको छ । जेनजीको आन्दोलन भड्किएपछि कर्फ्यू आदेश जारी भएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले एक विज्ञप्ति जारी गर्दै दिउँसो २ बजेदेखि अर्को आदेश जारी नभसम्मका लागि शहीच चोक आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको हो ।

उहाँका अनुसार शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म कर्फ्यु लगाइएको छ ।

प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा आगजनी प्रयास गरेका थिए । सोक्रममा प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेको थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १५:१०