जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर १ जनाको मृत्यु
२३ भदाै, काठमाडौँ । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका १ जनाको मृत्यु भएको छ । घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइते उपचाररत छन् ।
उनको परिचय खुल्न बाँकी छ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १३:५३








