शीतलनिवास, सिंहदरबार, नारायणहिटी लगायतका मुख्य क्षेत्रमा पनि कर्फ्यु
२३ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले थप क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यु लगाएको हो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १३:४१








