जेनजीले संसदको दुई नम्बर गेटमा लगाए आगो
२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले संसद भवनको दुई नम्बर गेटमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले संसद भवनमा ढुंगामुढासहित सो गेटको पर्खाल भत्काएका थिए ।
जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू जारी भइसकेको छ । प्रहरीले अवस्था शान्त बनाउन रबरको गोलीसमेत चलाएको छ ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १३:१३








