जेनजी संसद् भवन अगाडि पुगेपछि प्रहरीद्वारा अश्रुग्याँस प्रहार
२३ भदाै, काठमाडाैँ । सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजी पुस्ता सडक प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनका क्रममा उनीहरूले प्रहरीको घेरा तोड्दै संसद् भवन अगाडि प्रदर्शन गर्न पुगेका हुन् ।
संसद् भवन घेरेर बोतलहरू प्रहार गर्न थालेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गर्नुका साथै लाठीचार्ज सुरु गरेको छ । सरकारले समय सीमा तोकेर नेपालमा दर्ता हुन दिएको समयावधि सकिएपछि हाल बन्द गरिएका सामाजिक सञ्जालको सुचारु र भ्रष्टाचारको अन्त्यको माग गर्दै जेनजी पुस्ताका युवाहरूको समूहले काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हुन् ।
प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १२:२१








