२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

जीवन विकास लघुवित्तको सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

२३ भदौ, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले केही कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको  हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैया तोकिएको छ । उक्त सेयरमा संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले  आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि भदौ २९ गतेसम्म बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १०:४२