राष्ट्र बैंकमा एकैपटक १०७ कर्मचारी सरुवा,दुई कार्यकारी निर्देशकको जिम्मेवारी फेरबदल
१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक १०७ कर्मचारीको सरुवा गरेको छ। राष्ट्र बैंकले सहायक निर्देशकदेखि कार्यकारी निर्देशकसम्मका कर्मचारीलाई सरुवा गरेको हो ।
विभिन्न कार्यालय, विभाग र महाशाखामा कार्यरत कर्मचारी सरुवा गरिएको हो। राष्ट्र बैंकको सूचनाअनुसार दुई कार्यकारी निर्देशक सरुवामा परेका छन्। आन्तरिक लेखापरीक्षण विभागमा कार्यरत नरेश शाक्यलाई लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा गरिएको छ भने लघुवित्त सुपरिवेक्षणका विमलराज खनाललाई वित्त व्यवस्थापन विभागमा ल्याइएको छ ।
पोखरा कार्यालयमा कार्यरत निर्देशक दीपकराज लामिछानेलाई आन्तरिक लेखा परीक्षण विभागमा सरुवा गरिएको छ। यस्तै, ३८ उपनिर्देशकको एकै पटक सरुवा भएको छ। सरुवा हुनेमा ६६ सहायक निर्देशक पनि छन्।

प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १३:३७












