कर्जा गुणस्तरको विषयमा विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया
१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग अन्तरक्रिया गरेकाे छ ।
बुधबार विकास बैंक र वित्त कम्पनीका सीइओहरुसँग ‘संस्थाको जोखिम तथा कर्जाको गुणस्तर व्यवस्थापन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । अन्तरक्रियामा गभर्नर विश्व पौडेल पनि सहभागी हुनुभएकाे थियाे ।
प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार १२:४४












