उपकार लघुवित्तको १ लाख ८९ हजार कित्ता सेयर बिक्रीमा
१९ भदौ, काठमाडौं। उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि महिला उपकार मञ्चको स्वामित्वमा रहेको को १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य रु.१०० निर्धारण गरिएको छ । बोलकबोल पेश गर्दा लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, काठमाडौंको थापाथली र उपकार लघुवित्तको केन्द्रीय कार्यालय बाँकेमा असोज २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : १९ भाद्र २०८२, बिहीबार ०९:५०












