६ जेष्ठ २०८३, बुधबार | Thu May 21 2026

विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउन राष्ट्र बैंकले ल्यायो एसआईपीएस

१७ भदाै, काठमाडाैं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी प्रणालीलाई व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ्ग सिस्टमेटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) जारी गरेको छ। बैंकले पछिल्लो चरण बढिरहेको विद्युतीय भुक्तानीलाई व्यवस्थित गर्ने लक्ष्यसहित एसआईपीएस फ्रेमवर्क तयार गरेको हो ।

केन्द्रीय बैंकले हालैका वर्षहरूमा तीव्र गतिमा वृद्धि हुँदै गएको डिजिटल भुक्तानी प्रणालीलाई ध्यानमा राख्दै, यस फ्रेमवर्कमार्फत प्रणालीगत रूपमा महत्त्वपूर्ण भुक्तानी प्रणालीहरूको स्पष्ट मापदण्ड निर्धारण गर्ने भएको हो।

चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा समेत यस्तो फ्रेमवर्क ल्याइने उल्लेख गरिएको थियो। सोही नीति कार्यान्वयनका लागि केन्द्रीय बैंकले यो दस्तावेज सार्वजनिक गरेको हो।

प्रकाशित मिति : September 2, 2025 at 12:46 pm