२६ भदौ २०८३, शुक्रबार | Fri Sep 11 2026

धौलागिरी लघुवित्तको लक इन अवधि भदौ १९ गते समाप्त हुने

१७ भदौ, काठमाडौं। धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको लक–इन अवधि भदौ १९ गते समाप्त हुने भएको छ।  उक्त मितिमा संस्थाको संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक–इन अवधि समाप्त हुन लागेको हो ।

खप्तड लघुवित्तसँग मर्जरमा गएको संस्थाको मर्जरपश्चात संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख १ हजार कित्ता र कर्मचारीको स्वामित्वमा रहेको १५ सय कित्ता सेयरको लक–इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : September 2, 2025 at 12:34 pm