१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

लघुवित्तहरुको लाभांश वितरण गर्ने व्यवस्था संसोधन, २५ प्रतिशतसम्म वितरण गर्न सक्ने

९ भदौ, काठमाडौं । लघुवित्त संस्थाहरुको लाभांश वितरण गर्ने व्यवस्था संसोधन भएको छ। राष्ट्र बैंकले आज घ वर्गका संस्थाहरुको लागि एक सकुलर जारी गर्दै यस्तो व्यवस्था ल्याएको हो ।

लघुवित्त वित्तीय संस्थाहरुले लाभांश घोषणा/वितरण गर्दा लाभांश वितरणपछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्कृय कर्जा अनुपातलाई आधार मानी ५ देखि २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् ।

यस अघि १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा सोभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने व्यवस्था थियो।

नयाँ व्यवस्था अनुसार लाभांश वितरणपछिको पूँजीकोष अनुपात १२ प्रतिशतभन्दा माथि र निष्क्रिय कर्जा अनुपात ५ प्रतिशतभन्दा कम भएका लघुवित्तहरुले २५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्। त्यस्तै, पूँजीकोष अनुपात १० देखि १२ प्रतिशत र निष्क्रिय कर्जा ५ प्रतिशतभन्दा कम हुने लघुवित्तले २० तथा ८ देखि १० प्रतिशत पूँजीकोष अनुपात र ५ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा हुने लघुवित्तहरुले १५ प्रतिशत लाभांश वितरण गर्न सक्नेछन्।

प्रकाशित मिति : August 25, 2025 at 10:56 am