पिपुल्स पावरको हकप्रद सेयर बाँडफाँड, ३ लाख ९१ हजार कित्ता लिलामीमा आउने
६ भदौ, काठमाडौं । पिपुल्स पावर लिमिटेडले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड भएको छ। कम्पनीले निष्कासन गरेको ५० प्रतिशत हकप्रद सेयर भदौ ५ गते बाँडफाँड गरिएको हो ।
पिपुल्स पावरले गत असार १ गतेसम्म कायम सयेरधनीका लागि असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।
कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएका ९१ हजार ९३८ जना आवेदकलाई २७ लाख ७१ हजार २२१ कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको हो । कुल निष्कासन गरिएको हकप्रदमध्ये ३ लाख ९१ हजार ७७९ कित्ता सेयर भने अवितरित रहेको छ ।
साथै आफ्नो हकभन्दा बढी शेयर मागेर आवेदन दिएकाको हकमा बाँडफाँडमा नपरेको सेयर बापतको रकम भदौ ८ गतेदेखि बैंक खातामा फिर्ता पठाइने कम्पनीले जानकारी दिएको छ।
प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार १०:३६














