१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु नियुक्त

५ भदाै, काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भागनारायण साहु  नियुक्त हुनुभएकाे छ ।

कम्पनीको भदौ ४ गते बसेको संचालक समितिको बैठकले संस्थामा नायव प्रमुख कार्यकारी अधिकृत रहनुभएका साहुलाई कामु सीइओको जिम्मेवारी दिएको हो।

कम्पनीमा यसअघि सीइओ रहनुभएका भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा सकिएसँगै संस्थाको सीईओ पद रिक्त रहेको छ ।

प्रकाशित मिति : August 21, 2025 at 2:12 pm