सानिमा रिलायन्स लाइफको १३ लाख ४७ हजार कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने
५ भदौ, काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिटिमेडले केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि संस्थापक समूहतर्फको १३ लाख ४७ हजार ५८८ कित्ता सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा जोसुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि ३५ दिने सूचना जारी गरी कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि सेयर बिक्रीमा राखेको थियो । तर सो अवधिमा संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेका कारण आम सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको १५ दिनभित्र काठमाडौंको नक्सालमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार ०९:४३














