१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

आज यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

४ भदौ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट  आएको छ । यस दिन नेप्से ५.९१ अंकले घटेर २७७०.९९ बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको १ करोड ५२ लाख ६६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।

उक्त दिन पञ्चकन्या माई हाइडेपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य यस दिन प्रतिकित्ता ९.०३ प्रतिशतले घटेको हो । त्यसैगरी, यस दिन अपर स्याङ्गे हाइड्रोपावरको सेयरमूल्य ४.६० प्रतिशत, एनआइसी एशिया सेलेक्ट फण्डको सेयरमूल्य ३.७६ प्रतिशतले  घटेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १५:१६