कतिमा भयो विकास हाइड्रोपावरको पहिलो कारोबार ?
४ भदौ, काठमाडौं । विकास हाइड्रोपावरको पहिलो कारोबार भएको छ। बुधबार स्पेशल प्रि ओपन सेसनमा कम्पनीको सेयर प्रतिकित्ता २९२ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो।
मंगलबार कम्पनीले सर्वसाधारणमा जारी गरेको ४४ लाख ५७ हजार ५ सय ९६ कित्ता र संस्थापकको ४६ लाख ३६ हजार ४ सय १७ कित्ता गरी ९० लाख ९१ हजार १३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले कम्पनीलाई पहिलो कारोबारका लागि ९७ रुपैयाँ ४३ पैसादेखि २९२ रुपैयाँ ९२ पैसासम्मको रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिन कम्पनीको पहिलो कारोबार भएको हो।
प्रकाशित मिति : August 20, 2025 at 11:06 am









