प्रि ओपन सेसनमा साढे ३ अंकले घट्यो नेप्से
४ भदौ, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ३ अंक घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ३.५४ अंकले घटेर २७७३.३६ विन्दुमा झरेको छ।
बुधबार प्रि ओपन सेसनमा ४२ स्टकको ६२ पटकको कारोबारमा १२ लाख ७७ हजार ७९ रुपैयाँ ३० पैसा बराबरको १ हजार ६७५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 20, 2025 at 11:01 am









