नेप्सेमा एक कम्पनीको ४६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत
३ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ४.५० प्रतिशत बोनस बापतको ४६ लाख ८० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।
प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १६:२०














