२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

बेष्ट फाइनान्सको नाफा २० लाख ७७ हजार, वितरणयोग्य मुनाफा ऋणात्मक

३० साउन, काठमाडाैं। ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले २० लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएकाे छ। अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १० करोड ६ लाख घाटामा थियो ।

यो अवधिमा कम्पनीले १३ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.३१ प्रतिशतले बढी हो । कम्पनीको कुल सञ्चालन आम्दानी १८ करोड ४० लाख र सञ्चालन मुनाफा भने ९० लाख ७४ हजारले ऋणात्मक रहेको छ ।

कम्पनीको वितरणयोग्य मुनाफा ३० करोड २० लाख रुपैयाँले ऋणात्मक रहेकाे छ । याे अवधिमा कम्पनीकाे खराब कर्जा अनुपात ५.९७ प्रतिशतबाट बढेर ८.८४ प्रतिशत पुगेको छ ।समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२५.०४ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : 14:25