प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से
२७ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नैप्से १.५३ अंकले बढेर २८२४.०० विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ५४ स्टकको १२० पटकको कारोबारमा ८ करोड ३७ लाख ५४ हजार ४६३ रुपैयाँ ९८ पैसाबराबरको १५ हजार ३२५ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : August 12, 2025 at 10:57 am









