१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

नागरिक लगानी कोषको नाफा बढ्यो, प्रतिसेयर आम्दानी भने घट्यो

२५ साउन, काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशत बढी हो। अघिल्लो आवको सोही अवधिसम्ममा कोषले १ अर्ब १० करोड खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कोषले २ अर्ब ९ करोड कुल आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कोषले १ अर्ब ९२ करोड कुल आम्दानी गरेको थियो । ६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित छ।

समीक्षा अवधिसम्म कोषको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ३४ पैसा, मूल्य आम्दानी अनुपात १०२.१५ गुणा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ

प्रकाशित मिति : August 10, 2025 at 10:51 am